अष्ट्रेलियाद्वारा न्यूजिल्यान्ड पराजित

एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले न्यूजिल्यान्डलाई पराजित गरेको छ।

भारतको धर्मशालामा शनिबार भएको खेलमा अष्ट्रेलियाले न्यूजिल्यान्डलाई ५ रनले पराजित गरेको हो।

सो खेलमा दुवै पारीलाई जोड्दा विश्वकपको इतिहासमा अहिलेसम्मकै धेरै रन बन्यो। यससँगै सेमिफाइनल समीकरण रोचक बन्दै गएको छ। यदि न्यूजिल्यान्डले जितेको भए सेमिफाइनलमा पुग्ने थियो।

३८९ रनको लक्ष्य पछ्याएको न्यूजिल्यान्डले पुरै ओभर खेलेर ९ विकेटको क्षतिमा ३८३ रन बनायो। न्यूजिल्यान्डको लागि रचिन रविन्द्रले ८९ बलमा ९ चौका र ५ छक्का प्रहार गर्दै ११६ रन बनाए पनि जितको लागि भने पर्याप्त हुन सकेन। अष्ट्रेलियाको लागि एडम जाम्पाले ३ विकेट लिए।

पहिले ब्याटिङ गरेको अष्ट्रेलिया ४९.२ ओभरमा ३८८ रनमा अलआउट भयो। अष्ट्रेलियाको लागि ट्राभिसले ६७ बलमा १० चौका र ७ छक्का प्रहार गर्दै १०९ रन बनाए। डेभिड वार्नरले भने ६५ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै ८१ रनको योगदान गरे। न्यूजिल्यान्डको लागि भने ट्रेन्ट बोल्ट र ग्लेन फिलिप्सले ३/३ विकेट लिए।

Comments

Back to top