पाकिस्तानमा इन्धन संकट, तीन सयभन्दा बढी उडान रद्द

इतिहासकै सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानमा एकातिर जनता मुद्रास्फीतिको मारमा परेका छन् भने अर्कोतर्फ हवाई यात्रामा समेत समस्या भोगिरहेका छन् ।  

पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) बन्द हुने कगारमा छ र यसको मुख्य कारण एयरलाइनमा पाकिस्तान स्टेट फ्युल (पीएसओ) बक्यौता हो।

भुक्तान नहुँदा इन्धन आपूर्ति ठप्प भएकाले उडान सञ्चालन हुन सकेको छैन । अक्टोबर १४ देखि अहिलेसम्म तीन सयभन्दा बढी उडान रद्द भएका छन् ।

Comments

Back to top