वेस्ट बैंकमा प्यालेस्टिनीमाथि भइरहेको आक्रमणको बाइडेनद्वारा भर्त्सना

अमेरिकी राष्ट्रपति जो बाइडेनले वेस्ट बैंकमा बसोबास गर्ने इजरायलीले प्यालेस्टाइनीमाथि गरेको आक्रमणको भर्त्सना गरेका छन् । उक्त आक्रमणले तनावमा ‘पेट्रोल थप्ने काम’ गरेको भन्दै बाइडेनले निन्दा गरेका हुन् ।

बाइडेनले इजरायलीले कब्जा गरेको वेस्ट बैंकमा प्यालेस्टाइनीविरुद्ध भइरहेको बढ्दो आक्रमणको शीघ्र अन्त्य गर्न आहृवानसमेत गरेका छन् ।

अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको आक्रमण र घेरामा परेको गाजा पट्टीमा इजरायलले निरन्तर बमबारी गरेपछि वेस्ट बैंकमा प्यालेस्टिनीविरुद्ध हिंसा बढेको छ ।

प्यालेस्टिनी अधिकारीहरूकाअनुसार वेस्ट बैंकमा बसोबास गर्ने इजरायलीले केही प्यालेस्टिनीको हत्या समेत गरेका छन् ।

Comments

Back to top