हमास आक्रमणको समर्थन गरेको आरोपलाई राष्ट्रसंघ प्रमुख गुटेरेसले गरे खण्डन
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले हमास आक्रमणको समर्थन गरेको आरोप लगाउने वरिष्ठ इजरेली कूटनीतिज्ञहरूले गरेको आँकलनलाई स्पष्ट रूपमा अस्वीकार गरेका छन् । इजरेली कूटनीतिज्ञहरूले सुरक्षा परिषद्मा अक्टोबर ७ मा हमाले गरेको आक्रमणलाई महासचिव गुटेरेसले समर्थन गरेको आरोप लगाएका थिए ।
मङ्गलबार गुटेरेसको सम्बोधनपछि संयुक्त राष्ट्रसङ्घका लागि इजरेलका स्थायी प्रतितिधि गिलाड एर्डनले ट्वीट गर्दै भने, “महासचिवको सम्बोधनले हमासको क्रुर आक्रमणलाई औचित्यपूर्ण ठहर गर्न खोजेको थियो, हमास आक्रमणमा करिब एक हजार चार सय मानिस मारिए, जसमा सर्वसाधारणनै बढी थिए ।” उनले महासचिवको राजीनामासमेत माग गरेका थिए । यसका साथै महासचिव गुटेरेसको भिसासमेत रोक्ने चेतावनी दिएका थिए ।
बुधबार बिहान सुरक्षा परिषद्बाहिर पत्रकारहरूसँग उनले भने, “मेरो केही भनाइलाई गलत तरिकाले प्रस्तुत गरिँदा म स्तब्ध भएको छु ।”
बुधबार बिहान सुरक्षा परिषद्बाहिर पत्रकारहरूसँग उनले भने, “मेरो केही भनाइलाई गलत तरिकाले प्रस्तुत गरिँदा म स्तब्ध भएको छु ।”
आफूले वास्तवमै प्यालेस्टिनी गुनासोका बारेमा बोलेको उल्लेख गर्दै उनले प्यालेस्टिनी जनताको गुनासोले हमासको भयानक आक्रमणलाई न्याय दिन नसक्ने आफूले सुरक्षा परिषद्मा भनेको बताए ।
Comments