सद्दाम हुसेन: समाजवादी अभियन्ता जो पछि गएर बने तानाशाह

सद्दाम हुसेन । नाम नै काफी छ । आतंक यतिसम्म कि अमेरिका पनि एक समय डराएको थियो । इराकका तानशाह राष्ट्रपति रहेका उनले यस्तो छवि बनाएका थिए कि केहि मानिसको लागि उनी मसीहा (मृतकलाई जीवित र रोगीलाई स्वस्थ गर्ने व्यक्ति) थिए, जबकि दुनियाँको ठूलो जनसँख्याको लागि उनी एक बर्बर तानाशाह थिए ।

उनले आफ्नो हत्याको रचना गर्नेलाई बदला लिनको लागि इराकको शहर दुजैलमा सन् १९८२ मा नरसंहार गरे र १४८ जनाको हत्या गरे । यहि घटनालाई लिएर ५ नोभेम्बर २००६ मा मृत्युदण्ड सुनाइयो र ३० डिसेम्बर २००६ मा उनलाई फाँसी दिइयो ।

बागदाद उत्तर एक गाउँमा २८ अप्रिल १९३७ मा जन्मिएका थिए उनी ।  बागदादमा बसेर उनले कानून पढेका थिए । सन् १९५७ मा बाथ पार्टीको सदस्यता लिए, जुन अरब राष्ट्रवादको समाजवादी अभियान चलाइरहेको थियो । सन् १९६२ मा यहि अभियान सैन्य विद्रोहको कारण बन्यो । ब्रिगेडियर अब्दुल करीम कासिमले सत्तमा कब्जा जमाए । सद्दाम पनि यसमै सामेल थिए ।

सन् १९६८ मा विद्रोह भयो, तब ३१ वर्षका सद्दामले जनरल अहमद हसन अल बक्रसँग मिलेर सत्तामा कब्जा गरे । यसमा सद्दामको ठूलो भूमिका थियो । विस्तारै विस्तारै सद्दामको तागत बढ्दै गयो र सन् १९७९ मा उनी आफैँ राष्ट्रपति बने । उनले शिया आन्दोलनलाई दबाए । अमेरिकाको विरोध गरे । भनिन्छ सद्दाम तानाशाहको कारण इराकमा करिब अढाई लाख मानिस मरे । सद्दामले सन् १९८० मा इरानसँग युद्ध सुरु गरे जुन ८ वर्षसम्म चल्यो ।

२००३ मा अमेरिका—ब्रिटेनले इराकमा जैविक हतियार राखेको आरोप लगाए, जसको उनले खण्डन गरे । अमेरिका र ब्रिटेनको नेतृत्वमा संयुक्त सेनाले इराकमा हमला गर्यो र अप्रिल २००३ मा सद्दाम हुसेनलाई सत्ताबाट हटाए । सद्दाम भूमिगत हुनुपर्यो । उनको खोजीमा अपरेशन रेड डन शुरु भयो । १३ डिसेम्बर २००३ मा सेनाले सद्दामलाई पक्रन सफल बन्यो ।

 

Comments

Back to top