मनाङ एयर हेलिकोप्टर दुर्घटनामा घाइते पाइलट प्रकाश सेढाईंको निधन

 मनाङ एयरका पाइलट क्याप्टेन प्रकाश सेढाईंको निधन भएको छ ।

एक साताअघि हेलिकोप्टर दुर्घटनामा घाइते भएका सेढाईंको उपचारका क्रममा निधन भएको मनाङ एयरले जनाएको छ । उनले चलाएको हेलिकोप्टर गएको असोज २७ गते शनिबार सोलुखुम्बुमा दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते सेढाईंलाई तत्काल उपचारका लागि काठमाडौंको ह्याप्स हस्पताल ल्याइएको थियो । तर, त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि भारतको मुम्बई पुर्‍याइएको थियो ।

तर, उपचारको क्रममा उनको मृत्यु भएको उनी उपचाररत नेसनल बर्न सेन्टर, मुम्बईले घोषणा गरेको हो । दुर्घटनामा परी उनको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको थियो ।

Comments

Back to top