हमासले गर्‍यो दुई इजरेली महिलालाई रिहा

हमासले दुई इजरेली बन्धक महिलालाई रिहा गरेको छ। 

सोमबार राति हमासले दुई इजरेली महिला बन्धकलाई रिहा गरेको हो। 

७९ वर्षीय नुरित कुपर र ८५ वर्षीय योचेभ लिफसिट्जलाई हमासका लडाकुहरूले किबुट्ज बिरीबाट अपहरण गरेका थिए।

हमासले दुवै महिलालाई मानवीय र स्वास्थ्य कारणले रिहा गरिएको बताएको छ । 

इजरेलले हमासले करिब २ सय २२ जनालाई बन्धक बनाएको बताएको छ ।

इजरेल र हमासबीचको युद्धको आज १८ औँ दिन हो ।

Comments

Back to top