दीपक बजाजः बेस्ट सेलिङ्ग लेखक, प्रेरक वक्ता तथा हाई परफर्मेन्स कोच!
दीपक बजाज एक बेस्ट सेलिङ्ग लेखक, प्रेरक वक्ता, ब्रेक थ्रू ट्रेनर र हाई परफर्मेन्स कोच हुन्। बजाजले सन् २००७ मा डायरेक्ट सेलिङ्ग अर्थात नेटवर्क मार्केटिङ्गबाट आफ्नो करियरको शुरुआत गरेका थिए। यस पूर्व दीपक बजाज टीवीसमा सक्रिय प्रबन्धक थिए। उनले आफ्नो बिजनेस सुरु गर्नका लागि ठूलो जागिरबाट रिजाइन गरे र नेटवर्क मार्केटिङ्ग कम्पनीमा काम गर्न शुरू गरे। शुरुवाती केहि ८ महीना धेरै हार्ड वर्क गरे। त्यसपछि दीपकले जीवनमा ठूलो सफलता हासिल गरे र शानदार जीवन शैली जीउने मौका प्राप्त गरे।
दीपक बजाज वर्तमान समयमा धेरै मानिसहरुलाई नेटवर्क मार्केटिङ्गको ट्रेनिङ दिइरहेका छन्। दीपक बजाज एक बेस्ट सेलिङ्ग लेखक हुन् । उनले नेटवर्क मार्केटिङ्गमा लेखेको पुस्तक 'नेटवर्क मार्केटिङ्ग मिलियनेयर' हो जुन गूगलमा जहिले पनि टप पोजीशनमा रही रहेको छ।
आज दीपक बजाज एक नाम मात्र नभए एक ब्रान्ड नै हुन्। उनले कडा मेहनत पश्चयात यो सफलता हासिल गरेका हुन्। आज लाखाैँ मानिसहरु दीपक बजाजलाई सुन्न र देख्न मन पराउँछन्। उनले समयको साथ-साथ आफूलाई पनि सँधै अपडेट राखेका छन्।
दीपक बजाजले धेरै पुस्तक लेखेका छन् जसलाई पढेर हामी आफ्नो जीवनमा सफलताको धेरै नजिक पुग्न सक्छाैँ । यस बाहेक पनि हालै दीपक बजाजले एउटा अर्को नयाँ पुस्तक लेखेका छन् जसका नाम 'सोशल मीडिया मिलेनियर' हो।
Comments