विराट कोहलीको उत्कृष्ट प्रदर्शनले भारतलाई न्युजिल्यान्डविरूद्ध दिलायो ४ विकेटले जित
विश्वकप क्रिकेटको खेलमा विराट कोहलीले उत्कृष्ट प्रदर्शन गरेपछि भारतले न्युजिल्यान्डलाई ४ विकेटले पराजित गरेको छ ।
जितसँगै भारत १० अंकका साथ सेमिफाइनल नजिक पुगेको छ । २ सय ७४ रनको लक्ष्य भारतले ४८ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
विराट कोहलीले ९५ रनको योगदान गरे । उनी करिअरको ४९ औं शतक पूरा गर्न पाँच रनले चुकेका थिए ।
कप्तान रोहित शर्माले ४६ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । पहिलो विकेटका लागि रोहित र शुभमन गिलले ७१ रन जोडेका थिए ।
गिल २६ रनमा आउट भए । रवीन्द्र जडेजा ३९ रनमा अविजित रहे । श्रेयस ऐयर ३३ र लोकेश राहुल २७ रनमा आउट भए ।
धर्मशालामा पहिले ब्याटिङ गरेको न्युजिल्यान्ड निर्धारित ५० ओभरमा २ सय ७३ रन बनाउँदा अल आउट भएको थियो । न्युजिल्यान्डका डर्याल मिचेलले सर्वाधिक १ सय ३० रनको इनिङ्स खेले ।
दोस्रो विकेटका लागि मिचेल र रचिन रविन्द्रले १ सय ५९ रनको साझेदारी गरेका थिए । रवीन्द्र ७५ रनमा आउट भए ।
भारतको जितमा मोहम्मद शामीले ५ विकेट लिए । यस्तै कुलदीप यादवले २ तथा जस्प्रित बुमराह र मोहम्मद शामीले १–१ विकेट लिए ।
भारत ५ खेलमा १० अंकका साथ शीर्षस्थानमा छ । न्युजिल्यान्ड ५ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा छ ।
Comments