कस्तो सपना राम्रो, कस्तो सपना नराम्रो ?
सपना त हामी सबैले देख्ने गरेकै छौ, तर तपाईलाई थाहा छ हामीले देखेको सपना अनुसार त्यसको अलग अलग फल पाईन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ। हाम्रा परम्परागत मान्यता अनुसार हामीले देखेका केही सपनाले राम्रो फल दिन्छन भने केही सपनाले नराम्रो फल पनि दिन्छन् । त्यसैले हामी सपना देखे पछि आज त कस्तो राम्रो सपना देखें अथवा कस्तो नराम्रो सपना देखें भनेर भन्छौं । तर कस्तो सपना राम्रो हुने कस्तो सपना नराम्रो त ?
राम्रा सपना : अन्नबाली, घोडचढी,कमलको फुल,गोरु, गाइ, गुरु, सेतो रंगको फुल, दही, चामल, चाँदीका भाडा, हात्ती, राजा महाराजा, सिहासन, फल, सेतो बस्तु वा पदार्थ, कपास, मिठाइ, देबताको प्रतिमा वा मुर्ति,बिद्धान बाहुन, सधवा आइमाइ, ध्वजा, समुन्द्र स्नान, गंगाको स्नान, तारा, चन्द्रमा, देवता, मन्दिर, गित संगीत, पर्बतारोहण, फलेकोबृक्ष, फुलेको फुल, केटाकेटी, हतियार प्राप्ती, शरीरमा तेज आउनु, पुस्तक रचना वा अध्ययन, सन्त महात्मा, दुध खानु,फल खानु,सर्प, लास वा लास लादै गरेको, स्वर्गका अप्सरा, गायनकला, भाषण, बन्धनबाट छुटेको, भरीएको भाडो, तोरण, रुँदैगरेको ब्यक्ति ।
नराम्रा सपना : आगो, जल्दैगरेको चिता, खाली भाडा, दात भाचिनु, कपाल झर्नु,रातो वा कालो कपडा, गुलीयो बस्तुखानु, काडा,शत्रु, राक्षस, भैसी, रागो, बादर, हतियार, सुकेको बृक्ष बस्तु,खरानी, फासीमा झुण्डाएको, हावामा उडेको,बाढी, मान इज्जतमा कमी आउनु, अपमानीत हुनु, सर्पहरुसग खेल्नु,ग्रहण लाग्नु, उल्लु, आँधी तुफान, जलमग्न हुनु, डुबेको देख्नु, पानी नभएको पोखरी, तलाउ,इनार, खोला, चोर्नु, नकाब मकुण्डो, भुतप्रेत, पहिरो, पुल, तार चुट्नु, स्त्री वा पुरुषसग जर्बजस्ति गर्नु, शरिरमा हिलो लाग्नु, एकान्त बनमा एक्लै हुनु, पसिनाले भिज्नु, प्रिय ब्यतिको मृत्युको खबर सुन्नु, होहल्ला, बिबाह भएको, बिवाह मण्डब घुमेको ।
Comments