भूकम्पका कारण धादिङमा २० घर भत्किए, ७५ घर चर्किए

धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान गएको भूकम्पका कारण  ज्वालमुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरुको विस्तृत विवरण सङ्कलन जारी रहेको बताए। धादिङको साविक खरी गाविस केन्द्रविन्दू भई आज बिहान ६.१ रेक्टरस्केलको भूकम्प गएको थियो ।

भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताए । काठमाडौं उपत्यकालगायत धादिङआसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।

सो भूकम्प ०७२ सालको ‘गोरखा भूकम्प’को परम्कप भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । 

Comments

Back to top