हमास आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीको शव नेपाल ल्याइयो

आइतबार हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये ४ नेपाली विद्यार्थीहरुको शव नेपाल पठाइएको छ । आइतबार बिहान शव काठमाडौं ल्याइ नेपाली सेनाको ब्यारेकमा लगिएको छ ।

नेपाली सेनाको ब्यारेकमा परराष्ट्र मन्त्री एनपी साउद पनि पुगेका छन् । लोकेन्द्रसिंह धामी, नारायणप्रसाद न्यौपाने, दीपेशराज विष्ट, र आशिष चौधरीको शव पहिलो चरणमा नेपाल पठाइएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । बाँकी रहेको शव आइतबार दिउँसो आइपुग्ने बताइएकाे छ । दूतावासले अन्य ६ जना नेपालीको शव पठाउने प्रक्रिया पूरा गर्न केही दिन लाग्ने जनाएको छ ।

गत असोज २० गते हमासले गरेको आक्रमणमा कृषि विषय बढ्न इजरायलमा पुगेका नेपाली विद्यार्थीहरुको मृत्यु भएको थियो । एक जना विपिन जोशीको अवस्था भने अझै अज्ञात रहेको र उनको खोजी भइरहेको दूतावासले जनाएको छ ।

Comments

Back to top