प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा रूपक सापकोटा नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा रूपक सापकोटा नियुक्त भएका छन्। उनी माओवादी नेता अग्नीप्रसाद सापकोटाका छोरा हुन्।

सापकोटालाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो।

उनी त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषय अध्यापन गराउँदै आएका छन्। उनी त्यहाँको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषय समिति सदस्य पनि हुन्।

सापकोटाले चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका छन्।

Comments

Back to top