परराष्ट्र सचिव भरतराज पौड्याल क्यानडाका लागि नेपाली राजदूत सिफारिस

सरकारले क्यानडाका लागि नेपाली राजदूतमा परराष्ट्र सचिव भरतराज पौड्याललाई नियुक्तिको सिफारिस गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्‌ बैठकले पौड्याललाई राजदूत सिफारिस गरेको परराष्ट्र मन्त्रालय स्रोतले बतायो । यो निर्णय सरकारले आधिकारिकरूपमा भने सुनाएको छैन ।

अब सरकारले उनको नाममा क्यानडासँग लिखित सहमति माग्नेछ । सो सहमतिपछि राष्ट्रपतिले उनको नियुक्तिको घोषणा गर्नेछन् । यसपछि राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ खाएर पौडेल जिम्मेवारी सम्हाल्न क्यानडा पुग्नेछन् ।

Comments

Back to top