विश्वका सबैभन्दा क्रूर र निर्दयी तानाशह, जसले दुश्मनलाई मारेर रगत पिउँथे

तपाईले धेरै तानाशाहको बारेमा सु्न्नु भएको होला, तर युगान्डाका तानाशाह ईदी अमीन जस्ता सायद यो धर्तिमा जन्मिएका छैनन् होला । ६ फिट ४ इन्च उचाई र १३५ किलो वजन भएका ईदी अमीनलाई विश्वको सबैभन्दा क्रूर र निर्दयी तानाशाह मध्येको एकको रुपमा गनिन्नछ । आफनो ८ बर्षको शासन कालमा ईदीले क्रूरताको यति ठुलो विभत्स उदाहरणहरु पेश गरेका छन जसको उदाहरणहरु आधृनिक इतिहासमा धेरै कम पाइन्छ ।

ईदी अमीनको जन्म १९२५ मा भएको थियो। अमीनको शासनलाई मानव अधिकारको दुरुपयोग, राजनितिक दमन, जातीय उत्पीडन, गैर न्यायीक हत्या, पक्षपात, भ्रष्टचार र आर्थिक संकटको रुपमा चिनिन्छ । अन्तराष्ट्रिय प्रेक्षक र मानव अधिकार समूहको अनुमान छ कि उसको शासनमा १ लाख देखी ५ लाखसम्म मानिहरु मारिएका थिए ।

खबर अनुसार, ईदी अमीनले एशियाली मुलुकका ब्यक्तिहरुलाई घृणा गर्थे । उनले आफनो देशमा रहेका सबै एसियाली मुलुकका मानिसहरुलाई देश निकाला गरेका थिए । उनले आफुलाई अल्लाह ले सबै एशियावासीहरुलाई आफनो देशबाट तुरुन्त निकाल्न आदेश दिएको भन्दै निकालेका थिए ।

भनिन्छ कि, शक्तिशाली शरीरको कारण ईदी अमीन १९५१ देखी १९६० सम्म युगान्डाको लाइट हेवीवेट बक्सिङ च्याम्पियन थिए । साथै ईदी एक पौडिवाज पनि थिए । यसको साथै उनी एक खतरनाक रग्बी फरवार्ड पनि हुन् । एक अधिकारीका अनुसार, ईदी अमीन रग्बीका एक शानदार र राम्रा खेलाडी थिए, तर उनलाई सिकाउन भने कठिन थियो । एउटा अक्षरको शब्द पनि उनलाई विस्तारमा सम्झाउनु पर्दथ्यो ।

इदी अमीनको शासन कालमा स्वास्थ्य मन्त्रि बनिसकेका हेनरी कायेनबाले एक किताब लेखेका थिए ‘अ स्टेट अफ ब्लड : द इनसाइड स्टोरी अफ ईदी अमिन’ । यो किताबमा उनले अमीनको दर्जाको बयान गरेका छन् । उनले लेखेका छन् कि ‘एक पटक अमीन अस्पतालको मुर्दाघरमा गएका थिए, जहाँ उनले दुश्मनहरुको शव राखेका थिए । उनले ति शवहरुलाई के गरे त्यो त कसैले देखेनन् तर केही युगान्डा वासिहरुका अनुसार, उनले आफनो दुश्मनहरुको रगत पिए, जस्तै कि काकवा जनजातीमा प्रथा छ । अमीन काकवा जनजातीबाट आएका थिए ।’

कायेनबाले आफनो कितावमा लेखेका छन् ‘कैयौ पटक राष्ट्रपति र दोस्रो ब्यक्तिको अगाडि अमीनले घमण्ड गर्दे आफुले मानविय मासु खाएको बताएका थिए । मलाई याद छ अगस्ट १९७५ मा जब अमिन केही बरिष्ठ अधिकारीहरुलाई आफनो यात्राको बारेमा बताउदै भनेका थिए कि उनलाई बाँदरको मासु भन्दा मानिसको माँसु मिठो लागेको थियो । लडाईको दौरान प्राय तपाईको साथी सैनिक घाइते हुने गर्दछन जुन बेला भोख लाग्दा खानेकुरा नहुदा त्यसलाई मारेर खाँदा तपाई भोखमरीबाट बच्न सक्नुहुनेछ ।’

बीबीसीका अनुसार, अमीनको समयमा युगान्डामा भारतका उच्चायुक्त रहीसकेका मदनजीत सिंहले आफनो किताब ‘कल्चर अफ द सेपल्करे’ मा लेखेका छन कि ‘अमीनको पुरानो घर कमान्ड पोष्टमा एउटा कोठा सधै बन्द भईरहन्थ्यो । त्यो कोठामा केबल अमिनका एक पुराना नोकर मोजेज अलोगालाई मात्र प्रवेश गर्ने अनुमति थियो त्यो पनि सफा गर्नको लागी मात्र । एकपटक अमीनकी पाँचौ श्रीमती सारा क्योलाबा जबरजस्ती उक्त कोठामा पसेकी थिइन । उनले त्यो कोठामा २ वटा फ्रिज राखिएको देखिन । जब उनले एउटा फ्रिज खोलीन तब उनी चिच्याइन र बेहोस भईन । त्यसमा उनले आफनो पुर्व प्रेमी जीज गिटाको काटिएको टाउँको राखिएको थियो । जानकारी अनुसार, साराकी प्रेमीको जस्तै अमीनले कैयोका प्रेमीहरुको टाउको कटाएका थिए ।’

आफनो अन्तिम दिन ईदी अमीनले साउदी अरबमा गुजारेका थिए । १६ अगस्ट २००३ मा ७८ बर्षको उमेरमा जेद्दाह को अस्पतालमा मुत्यु भएको थियो । उनलाई जेद्दाह मा नै अन्तिम संस्कार गरीएको थियो । उनी अन्तिममा पनि आफनो देशको माटोमा पनि मिल्न पाएनन् ।

 

Comments

Back to top