हमास र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन विश्वका लागि खतरा भएको बाइडेनको आरोप
अमेरिकी राष्ट्रपति जो बाइडेनले प्यालेस्टाइनको लडाकू समूह हमास र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन विश्वका लागि खतरा भएको आरोप लगाएका छन् ।
देशका नाममा गरेको सम्बोधनमा पुटिनले बारम्बार हमास र पुटिनलाई उस्तै भएको बताएका छन् । उनले अमेरिकाले युक्रेन र इजरायललाई ठूलो सहयोग दिने वाचा गर्दै अमेरिकी कंग्रेसलाई सहयोग प्याकेज पारित गरिदिन पनि आग्रह गरेका छन् ।
बाइडेनले इजरायल र युक्रेनका लागि १ सय अर्ब डलरको कोष आवश्यक रहेको पनि बताएका बीबीसीले जनाएको छ ।
हमासले विश्वमा अव्यवस्थित दुष्टता फैलाएको भन्दै अहिलेलाई हमासले बन्धक बनाएका अमेरिकी भन्दा ठूलो विषय आफ्नो लागि अरु नहुने पनि बाइडेनले बताएका छन् ।
बाइडेनले रुस र हमास अमेरिकाको लागि खतरा भएकाले पनि आफूहरुले युक्रेन र इजरायलको पक्षमा सबै खाले सहयोग जारी राखेको प्रष्टिकरण समेत दिएका छन् ।
आतंकवादी र तानाशाहहरूले चर्को मूल्य तिर्नु पर्छ भनेर पनि उनले चेतावनी दिएका छन् ।
Comments