बेलायती प्रधानमन्त्री ऋषि सुनक इजरायलमा, गरे ‘आतंकवाद’ को भर्त्सना

अमेरिकी राष्ट्रपति जो बाइडेनको भ्रमणलगत्तै बेलायती प्रधानमन्त्री ऋषि सुनक इजरायल पुगेका छन्। इजरायलप्रति समर्थन जनाउन उनीहरु तेल अबिब पुगेका हुन्।

अवतरणलगत्तै सुनकले ‘आतंकवाद’ को भर्त्सना गरे र बेलायत इजरायलको साथमा उभिएको बताए। सुनकले समकक्षी बेन्यामिन नेतन्याहुलाई भेटेका छन्।

उनले हमासले बन्धक बनाएका मानिसहरुको परिवारलाई पनि भेटेका छन्। यसअघि बाइडेनको भ्रमण भने गाजाको एक अस्पतालमा करिब पाँच सयको ज्यान जानेगरी भएको हमलाको घटनाले ओझेलमा परेको थियो।

Comments

Back to top