इजिप्टको बाटो गाजामा जाने सहायतालाई रोकिने छैन : इजरायल

इजरायलले इजिप्ट हुँदै गाजामा सहायता प्रवेश गर्न दिने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले जानकारी गराएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार अवरुद्ध प्यालेस्टिनी इलाकामा ‘खाद्यान्न, पानी र औषधि’ मात्र प्रवेश गर्न दिइने छ ।

“अमेरिकी राष्ट्रपति जो बाइडेनको आग्रहलाई ध्यानमा राख्दै इजरायलले इजिप्टमार्फत मानवीय सहायता आपूर्तिमा अवरोध गर्ने छैन,” प्रधानमन्त्री कार्यालयले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै भनेको छ ।

वक्तव्यमा भनिएको छ, “गाजामा शासन गर्ने हमाससम्म सहायता सामग्रीहरू नपुग्ने शर्तमा दक्षिणी गाजा पट्टीका नागरिकहरूलाई सहायता प्रदान गर्न अनुमति दिइनेछ ।”

अमेरिकी राष्ट्रपति बाइडेनले सेप्टेम्बर ११ पछि अमेरिकाले गल्ती गरेको सन्दर्भ प्रस्तुत गर्दै इजरायललाई अहिलेसम्मकै सबैभन्दा घातक आक्रमणपछि क्रोधमा नआउन सुझाव दिएका हुन् ।

Comments

Back to top