त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल ७ विकेटले विजयी
त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा १४१ रनको लक्ष्य नेपालले ७ बल अघि नै ३ विकेट गुमाएर पुरा गरेको हो ।
कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले ९३ रनको साझेदारी गरेपछि नेपालले सहज जित हात पार्यो । ५१ रनमा ३ विकेट गुमाएको अवस्थालाई रोहित र दिपेन्द्र अन्तिमसम्म टिकेर जितमा बदलेका थिए ।
रोहितले अविजित ५१ र दिपेन्द्रले ३४ रन बनाए । ओपनर आसिफ शेखले २३ र कुशल भुर्तेलले १४ रनको योगदान गरे । कुशल मल्ल ११ रनमा आउट भए ।यूएईको लागि निलान्श केस्वानी र अली नसीरले १–१ विकेट लिए।
पहिले ब्याटिङ गरेको यूएईले पुरै ओभर खेलेर ७ विकेट क्षतिमा १४० रन बनाएको थियो। यूएईको लागि बासिल हमिदले सर्वाधिक ५१ र अली नसीरले ३२ रन बनाए।
नेपालका करण केसीले ३, गुल्सन झाले २ तथा सोमपाल कामी र अबिनाश बोहराले १–१ विकेट लिए।
त्रिकोणात्मक सिरिजको अर्को खेलमा नेपालले भोलि हङ्कङसँग प्रतिस्पर्धा गर्नेछ ।
Comments