विश्वमा निर्वाचनः सर्वाधिक चर्चित चर्चिलको त्यो पराजय
बेलायतका तत्कालीन प्रधानमन्त्री विन्स्टन चर्चिल विश्वका सर्वाधिक शक्तिशाली र प्रभावशाली राजनीतिज्ञमध्ये एक थिए । उनको लोकप्रियता बेलायतमा मात्र नभएर सम्पूर्ण विश्वभर फैलिएको थियो। बेलायतलाई दोस्रो विश्वयुद्धबाट पार लगाउन उनले सक्दो प्रयास गरेका थिए ।
विश्वयुद्धको अन्त्यति चर्चिलको दूर दृष्टिको वाहवाही गरिएको थियो । तर, विश्वयुद्धपछि भएको निर्वाचनमा उनले नराम्रो पराजय चाखेका थिए । उनको हारले बेलायतका धेरै मानिस चकित परेका थिए ।
लाखौँको ज्यान गएको विश्व युद्धको समयमा आफ्नो देशको सफलतापूर्वक नेतृत्व गरेका चर्चिल सन् १९४५ को निर्वाचनमा नराम्रोसँग पराजित भएका थिए । चर्चिल क्लेमेन्ट एट्लीसँग हार खाएका थिए ।
चर्चिललाई नायकको रूपमा प्रशंसा गरेका मानिसहरूले एट्लीलाई मतदान गरेको कुरा पत्ता लगाउँदा चर्चिलको पार्टी छक्क परेको थियो । चुनावले बेलायतको राजनीतिलाई भने नयाँ दिशातर्फ लगेको थियो ।
Comments