राप्रपाले मुख्यमन्त्री कार्कीको विपक्षमा मत दिने
एमालेको समर्थनमा कोशीको मुख्यमन्त्री बनेका विद्रोही कांग्रेसका केदार कार्कीलाई राप्रपाले विश्वासको मत नदिने भएको छ ।
राप्रपाले बुधबारको प्रदेशसभामा मुख्यमन्त्री कार्कीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादीले कार्कीलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।
कांग्रेसका ८ सांसदले विद्रोह गरेर एमालेसँगको समीकरणमा केदार कार्की मुख्यमन्त्री बनेका हुन् ।
Comments