मध्यपूर्वको तनावबीच पनि घट्यो कच्चा तेलको मूल्य

मध्यपूर्वमा जारी युद्धले विश्वको सबैभन्दा ठूलो तेल उत्पादक क्षेत्रबाट आपूर्तिमा अवरोध हुने चिन्ता बढ्दै गएपछि गतसाता कच्चा तेलको मूल्य बढेको थियो । तर, यससाताको पहिलो कारोबार दिन सोमबार साँझसम्म कच्चा तेलको मूल्य एक प्रतिशतले घटेको छ ।

सोमबार ब्रेन्ट आयल प्रतिब्यारेल ९० डलरभन्दा तल झ¥यो । जबकी गतसाता शुक्रबार मात्रै करिब छ प्रतिशतले बढेको थियो । गतसाता औसत सात दशमलव पाँच प्रतिशत बढ्यो ।

इजरायल–हमास युद्धपछि मध्यपूर्वमा द्वन्द्व उत्पन्न गराउँदै कच्चा तेलको उत्पादन प्रभावित पार्ने सम्भावना देखिन्छ । किनभने इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आइतबार हमासलाई ध्वस्त पार्ने बाचा गरेका थिए । गाजा पट्टीको जमिन आक्रमणको तयारी गरेको थियो ।

एजेन्सी

Comments

Back to top