गाजाको अस्पतालमा इजरायली आक्रमण : ५०० जनाको मृत्यु !
इजरायलले गाजाको एक अस्पतालमा गरेको हवाई आक्रमणमा ५ सय भन्दा धेरैको मृत्यु भएको बताइएको छ ।
मंगलबार राति इजरायलले अल अहली अरब अस्पतालमा हवाई आक्रमण गर्दा ठूलो मानविय क्षति भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
अस्पतालबाट आएका तस्वीरले अराजकताका दृश्य देखाएको बीबीसीले जनाएको छ । रगतले लतपतिएका र अशक्त घाइतेलाई अन्धकारमा स्ट्रेचरहरूमा बाहिर निकालिएको छ।
प्यालेस्टिनी अधिकारीहरुले इजरायली हमलामा ५०० भन्दा बढिको मृत्यु भएको बताएका छन् । सयौं मानिस भग्नावशेषमा फसेको बताइएको छ अस्पतालको धेरै भाग आगोले जलेर नष्ट भएको छ ।
इजरायली सेनाले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । सेनाका प्रवक्ताले घटनाको कारण थाहा नभएको र विस्तृत विवरण खोजिरहेको बताएका छन्।
प्यालेस्टिनी अतिवादी समूह हमासले यसलाई युद्ध अपराध भनेको छ । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले तीन दिने राष्ट्रिय शोक घोषणा गरेका छन् ।
Comments