फ्रान्सका राष्ट्रपति म्याक्रोन इजरायल भ्रमणमा जाने

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले मंगलबार इजरायल भ्रमण गर्ने तयारी गरेको जेरुसेलम पोस्टले उल्लेख गरेको छ। इजरायलमा हमास आतङ्ककारी समूहले गरेको घातक आतङ्ककारी हमलापछि हुन लागेको उनको भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ ।

हमास समूहद्वारा अक्टोबर ७ देखि इजरायलमा गरिएका शृंखलाबद्ध हमलामा परी १,४०० इजरायलीको हत्या भएको छ । करिब २०० जनालाई अपहरण गरिएको छ ।
हमास आतङ्ककारीहरूले अपहरण गरेका मध्ये एक जना फ्रान्सेली इजरायली नागरिक माया स्किम सोमबार टेलिग्राममा पोस्ट गरिएको भिडियोमा देखा परेका थिए ।

सो भिडियो सार्वजनिक भएपछि म्याक्रोनले उनको तत्काल निःशर्त रिहाईको माग गरेको द जेरुसेलम पोस्टले उल्लेख गरेको छ। म्याक्रोन इजरायलका दृढ समर्थक हुन्।

                                    
                                    
                                    
                                    

                                    यसअघि अक्टोबर ८ मा म्याक्रोनले इजरायली समकक्षी आइज्याक हर्जोग र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग वार्ता गरेका थिए। इजरायलमा गरिएको आक्रमणको निन्दा गर्दै फ्रान्सले पीडित देशलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको थियो ।

Comments

Back to top