अमेरिकी राष्ट्रपति बाइडेन बुधबार इजरायल जाने
अमेरिकी राष्ट्रपति जो बाइडेनले भोलि बुधबार इजरायलको भ्रमण गर्ने भएका छन् ।
इजरायलमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बाइडेनले भोलि बुधबार बाइडेन इजरायल आइपुग्ने घोषणा गरेका हुन् ।
बाइडेनको इजरायल भ्रमणमा प्यालेस्टाइनको लडाकु समूह हमाससँगको युद्ध कसरी अघि बढाउने र नागरिकको जीवन रक्षाका विषयमा छलफल हुने ब्लिन्केनले बताएका छन् ।
यस्तै, नागरिकको हताहतलाई कसरी कम गर्ने र गाजामा राहत तथा उद्धारका कामको बारेमा पनि ठोस निर्णय हुने सम्भावना रहेको खबरमा उल्लेख छ ।
नेतान्याहुको निमन्त्रणामा बाइडेनको भ्रमण भएको हो । इजरायलमा यसपटक हमासले गरको आक्रमणपछि दुवै पक्षबाट अहिलेसम्म ४ हजार भन्दा धेरैको ज्यान गएको छ । १२ सय जना बेपत्ता छन् ।
हमासको जवाफी कारबाही भन्दै इजरायलले गाजामा गरेको अन्धाधुन्ध आक्रमणले सहर कंक्रिटमा परिणत भएको छ । उपचार, खाना, पानी, बासस्थान र बिजुलीको चरम अभावमा मानिस निकै कष्टकर अवस्थामा पुगेका छन् ।
Comments