इजरायलले गाजा कब्जा गर्नु ठूलो गल्ती हुने अमेरिकी राष्ट्रपति बाइडेनको टिप्पणी
अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले गाजामाथि कब्जा गर्नु ठूलो गल्ती हुने बताएका छन् ।
‘सीबीएसको ६० मिनेट’ सँगको अन्तर्वार्तामा बाइडेनलाई सोधिएको थियो “यस समयमा इजरायलको गाजा कब्जालाई समर्थन गर्ने ?”
जवाफमा अमेरिकी राष्ट्रपतिले भने कि यो “ठूलो गल्ती” हुनेछ।
बाइडेनले भने, ‘हमास र हमास चरमपन्थीहरूले सबै प्यालेस्टिनी जनताको प्रतिनिधित्व गर्दैनन्, मलाई लाग्छ कि इजरायलले गाजालाई पुन: कब्जा गर्नु गल्ती हुनेछ।’
आइतबार राति प्रसारित यस अन्तर्वार्तामा उनले गाजा भित्र जानु र अतिवादीहरूलाई बाहिर निकाल्नु महत्त्वपूर्ण काम भएको बताएका छन । बाइडेनले इजरायलले हमासविरुद्ध कारबाही गर्दा युद्धका अन्तर्राष्ट्रिय नियमको पालना गर्छ भन्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।
बाइडेनले हमासबाट आफ्नो रक्षा गर्नु इजरायलको अधिकार र कर्तव्य हो भनेर बारम्बार भनेका छन्।
Comments