चीनको आर्थिक सूचकहरूमा सुधार हुँदै

चीनको केन्द्रीय बैंकका गभर्नर पान गोङसेङले चीनको अर्थतन्त्रमा सुधार भइरहेको बताएका छन् । मोरक्कोको माराकेचमा सम्पन्न वित्त मन्त्रीहरू र केन्द्रीय बैंकका गभर्नरहरूको समूहको बैठकमा गभर्नर गोङसेङले सकारात्मक कारकहरू जम्मा भई चीनको आर्थिक सूचकहरूमा सुधार भइरहेको बताएका हुन् ।

गभर्नर गोङसेङले चिनियाँ अर्थतन्त्रले रिकभरी प्रवृत्तिलाई कायम राखेको र आर्थिक वृद्धिको संरचना निरन्तर अनुकूल हुँदै गएको बताए । उनले केन्द्रीय बैंकले वित्तीय र मौद्रिक नीतिहरूको कर्यान्वयनलाई बलियो साथ दिएको बताए । उनले जी–२०मा सबै प्रमुख विकसित अर्थतन्त्रहरूलाई मौद्रिक नीति परिवर्तनहरूको स्पिलओभर प्रभावलाई ठीकसँग सामना गर्न बृहत् नीति बलियो बनाउन आह्वान गरे ।

Comments

Back to top