निगमले दोहोरो अंकले घटायो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । दशैँमा राहत दिने शैलीमा आयल निगमले दोहोरो अंकले मूल्य घटाएको हो । 

आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेल प्रतिलिटर ५ रुपैयाँ घटाएको हो ।

घटेको मूल्यअनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ र  डिजेल प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ । स्वचालित प्रणालीअनुसार निगमले मूल्य समायोजन गरेको जनाएको छ । 

Comments

Back to top