केदार कार्की नेतृत्वको सरकारमा नेकपा एमालेबाट राम राना र एकराज कार्कीका साथै कांग्रेसबाट शमसेर राई मन्त्री बन्दै

कोशीको केदार कार्की नेतृत्वको सरकारमा नेकपा एमालेबाट एकराज कार्की पनि मन्त्री हुने भएका छन् । एमालेले यसअघि नै राम रानालाई पनि सरकारमा पठाउने निर्णय गरिसकेको छ ।

त्यस्तै विद्रोही कांग्रेसबाट शमसेर राईले पनि आजै मन्त्रीको शपथ ग्रहण गर्ने भएका छन् । यससँगै आज कोशीमा मुख्यमन्त्रीसहित चार मन्त्रीले शपथ लिने भएका छन् ।

 

Comments

Back to top