थाहा छ ? पुरुषका लागि बनेको थियो स्यानेटरी प्याड

महिनावारीका समयमा महिलाले स्यानेटरी प्याडको प्रयोग गर्दछन् । केही वर्ष पहिलेसम्म मानिस प्याडको नाम लिन पनि लाज महसुस गर्दथे ।

अहिले पनि कतिपयले प्याडलाई कालो पोलिथिनमा लपेटेर लग्ने गर्दछन् । आउनुहोस् जानौं प्याडको सुरुआत कसरी भएको थियो ।

तपाईं यो कुरा थाहा पाउँदा अचम्म पर्नुहोला अहिले महिलाले प्रयोग गर्ने प्याड खासमा पुरुषका लागि बनाइएको थियो । डिस्पोजेबल प्याड प्रथम विश्वयुद्धमा घाइते सैनिकको रगत रोक्नका लागि फ्रान्समा कार्यरत नर्सहरुले बनाएका थिए ।

फ्रान्समा जब सैनिकका लागि प्याड बनाइएको थियो, त्यतिबेलै त्यहाँ कार्यरत नर्सहरुले आफूहरुले पनि महिनावारीका बेला उक्त प्याड प्रयोग गर्न थाले ।

जोनसन एन्ड जोनसनले पहिलो पटक सन् १८९६ मा ‘लिस्टर्स टवेल्स’ का नामले डिस्पोजेबल न्याप्किनको सुरुआत गरेको थियो ।

समयसँगै स्यानेटरी प्याडमा पनि कैयौं परिवर्तन भए र भइरहेका छन् । अहिले बजारमा धेरै प्रकारका धेरै कम्पनीका प्याड उपलब्ध छन् ।

Comments

Back to top