नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई सत्ता गठबन्धनले पनि विश्वासको मत दिने
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने बताएका छन् ।
एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कांग्रेसका सांसद कार्कीलाई वर्तमान केन्द्रिय सत्ता गठबन्धनले पनि विश्वासको मत दिने दाबी गरेका हुन्। चितवनमा सञ्चारकर्मीसँग बोल्दै उनले भने, ’शेरबहादुर र शेखरसँग कुराकानी गर्छौं, गठबन्धन टुट्दैन । कोसीमा कार्कीलाई विश्वासको मत दिएर गठबन्धन जोगाउँछौं ।’
उनले कोशीमा गठबन्धन कै सरकार हुने र सर्वपक्षीय सरकारको सम्भावना नभएको दाबी गरे।
Comments