कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रिया भोलिसम्म लम्बियो
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले समर्थकहरुको सनाखत गरेर मात्रै मुख्यमन्त्री नियुक्ति गर्ने भएका छन् ।
यससँगै प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री नियुक्ति प्रक्रियालाई भोलिसम्म धकेलेका छन् ।
यहाँ मुख्यमन्त्रीमा गठबन्धनका तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो र नेपाली कांग्रेसको शेखर कोइराला पक्षका प्रदेशसमभा सदस्य केदार कार्कीले दाबी पेश गरेका छन् । कार्कीलाई एमालेको समर्थन छ ।
Comments