इजरायलबाट आफ्ना नागरिक फिर्ता ल्याउन भारतको ‘अपरेशन अजय’ शुरु, पहिलो खेपमा २ सय १२ जना फिर्ता

भारतले इजरायलबाट आफ्ना नागरिक फिर्ता ल्याउन ‘अपरेशन अजय’ शुरु गरेको छ ।

हमाससँगको युद्धकाबीच इजरायलका विभिन्न सहरमा फसेका भारतीय नागरिकलाई बाहिर निकाल्न भारत सरकारले ‘अपरेशन अजय’ सञ्चालन गरेको हो । पहिलो खेपमा इजरायलमा फसेका २ सय १२ जनालाई विशेष विमानमार्फत् शुक्रबार नयाँ दिल्ली ल्याइएको छ ।

पहिलो पटकमा महिला, वृद्धवृद्धा र बालबालिका गरी २ सय १२ जना भारत फर्किएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्वदेश फर्किएका उनीहरुले खुशी व्यक्त गर्दै सरकारलाई धन्यवाद दिएका छन् । गएको शनिबार हमासले इजराइलमा आक्रमण शुरु गरेको थियो । त्यसयता निरन्तर आक्रमणका घटना भइरहेका छन् । 

Comments

Back to top