बङ्गलादेशले न्युजिल्यान्डलाई दियो २४६ रनको लक्ष्य
एकदिवसीय विश्वकप क्रिकेटमा बङ्गलादेशले न्युजिल्यान्डलाई २४६ रनको लक्ष्य दिएको छ।
भारतको चेन्नाइमा जारी खेलमा पहिले ब्याटिङ गरेको बङ्गलादेशले पूरै ओभरमा ९ विकेटको क्षतिमा २४५ रन बनाएको हो।
बङ्गलादेशको लागि मुस्फिकुर रहिमले ६६ र शकिब अल हसनले ४० रन जोडे। रहिमले ५२ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे।
न्युजिल्यान्डको लागि लकी फग्र्युसनले ३ विकेट लिए।
Comments