जर्मनीले गर्‍यो इजराइललाई सैन्य सहयोगको प्रस्ताव

हमासले इजराइलमाथि आक्रमण गरेपछि जर्मनीले इजराइलसमक्ष सैन्य सहयोगको प्रस्ताव गरेको छ । साथै उसले आतङ्कवादी हमास समूहको समर्थनमा जर्मनीभित्र भएको समर्थनलाई रोक्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

जर्मन चान्सलर ओलाफ स्कोल्जले बिहीबार इजराइलको सुरक्षाका लागि जर्मनीको ऐतिहासिक दायित्वमाथि जोड दिए। जर्मनीको प्रतिरक्षा मन्त्रालयले इजराइलको अनुरोधमा पाँच वटा हेरोन टिपी युद्ध ड्रोनमध्ये दुई वटा प्रयोग गर्न सहमत भएको जनाएको छ । ती हतियार जर्मन सेनाले भाडामा लिएको थियो ।

ब्रसेल्समा रक्षामन्त्री बोरिस पिस्टोरियसले युद्धका लागि इजराइलले हतियार माग गरेको भन्दै उक्त आग्रहबारे अब छलफल गरिने बताएका छन् ।

Comments

Back to top