मन्त्र जप गर्ने समयमा गर्नु हुँदैन यस्तो गल्ती

हिन्दु धर्ममा देवी देवताहरुलाई पूजा गर्नका लागि कैयौं मन्त्रहरु बताइएका छन् ।

तर यी मन्त्रहरुलाई गलत तरिकाले जप गर्दा मनोकामना पूरा नहुने पनि मान्यता छ । त्यसैले केही त्यस्ता गल्तीहरु छन् जसलाई मन्त्र जप गर्ने समयमा गर्नु हुँदैन । आउनुहोस् जानौं ती गल्तीहरुका बारेमा–

– मन्त्र जप गर्नु एकदमै धार्मिक र पवित्र मानिन्छ । त्यसैले यसलाई पढ्ने समयमा केही सावधानीहरु राख्नु पर्दछ । यस्तोमा सधैं स्नान यानिकी नुहाएर मात्र गर्नुपर्दछ ।

– मन्त्र जप गर्दा सधैं पद्मासन वा सुखासनमा बस्नु पर्दछ । यसक्रममा तपाईंको कम्मर झुकेको हुनु हुँदैन ।

– मन्त्र जप गर्दा सधै यो कुराको ध्यान दिनुपर्छ कि मन्त्र गर्ने स्थान स्वच्छ होस् । साथमा मन्त्र जप गर्ने स्थान शान्त हुनुपर्छ ताकी तपाईंको ध्यानमा मन्त्रमा होस् ।

– मन्त्र जप गर्नका लागि सधैं तुलसीको माला आफ्नो साथमा राख्नुपर्दछ । कुनै पनि देवी देवताअनुसार पनि तपाईं मालाको प्रयोग गर्न सक्नुहुन्छ ।

– मन्त्र जप गर्ने बेला मालालाई गौमुखीभित्र राख्नुपर्दछ  र मालालाई सधैं दाहिने हातको औंलामा राखेर सानुपर्दछ ।

– मन्त्र जप गर्ने समयमा मन्त्रलाई सहीसँग उच्चारण गर्नुपर्दछ । कहिल्यै पनि गलत तरिकाले मन्त्रको उच्चारण गर्नु हुँदैन । यसबाहेक मन्त्र जप गर्ने स्थान पनि बदल्नु हुँदैन ।

Comments

Back to top