नेपाल र जर्मनीबीच श्रम सम्झौता

बेलायत र रोमानियापछि जर्मनीमा पनि सरकारी कोटामा नेपाली कामदार जर्मनी जान पाउने भएका छन् । सामाजिक सुरक्षाको सुविधासहित उच्च आम्दानी हुने गरी रोजगारीका लागि सरकारले जर्मनीसँग सम्झौता गरेको छ।

वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउने नेपाल सरकारको नीतिअनुरुप विभिन्न मित्रराष्ट्रहरूबीच द्विपक्षीय श्रम सम्झौता गर्ने कार्यलाई निरन्तरता दिँदै नेपालबाट गएका प्रतिनिधिले जर्मनीसँग सम्झौता गरेका हुन् ।

जर्मनीसँग श्रम समझदारी भएसँगै नेपालबाट जीटुटीमार्फत नेपाली कामदार सहजै जर्मनी जान पाउनेछन् । हाल पनि नेपाली नागरिकहरू लाखौं खर्चेर जर्मन पुगिरहेका अवस्थामा सरकारले रोजगारीको सम्भावित देशसँग समझदारी गरेर वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाएको मन्त्रालयले जनाएको छ।

Comments

Back to top