आफ्ना नागरिक मारेमा बन्धक बनाएका सबै इजरायलीको हत्या गर्ने हमासको धम्की
प्यालेस्टाइनको लडाकु समूह हमासले आफूले बन्धक बनाएका इजरायलका नागरिक मारिदिने धम्की दिएको छ ।
इजरायलले हमाससँग चलिरहेको युद्धमा ‘अगणित शक्ति’ प्रयोग गरी पराजित गर्ने बताएसँगै हमासले पनि बन्धक बनाएका इजरायली मार्ने धम्की दिएको हो ।
गाजामा इजरायलको लगातार हमलालाई लिएर हमासको सैन्य शाखाका प्रवक्ताले इजरायलले सर्वसाधारणलाई चेतावनी नदिई आक्रमण गरेमा इजरायली बन्धकहरूलाई मार्ने बताएका बीबीसीले जनाएको छ ।
सोमबार जारी गरिएको अडियो बयानमा कसम ब्रिगेडका प्रवक्ता अबु ओबैदाले गाजाका नागरिक क्षेत्रमा इजरायली आक्रमण तीव्र भएको बताएका छन्।
उनले विज्ञप्तिमा भनेका छन्, “हामी घोषणा गर्दछौं कि यदि हाम्रा मानिसहरूलाई कुनै चेतावनीबिना उनीहरूको घरमा निशाना बनाइयो भने, हामी हाम्रा शत्रु (इजरायल) का बन्धकहरूलाई मार्नेछौं।”
Comments