इजरायलमा मृत्यु भएका नेपालीको सम्झनामा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने
सरकारले इजरायलमा मृत्यु भएका १० जना नेपालीको शोकमा आज मङ्गलवार राष्ट्रिय शोक घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मृतकप्रति श्रद्धाञ्जली दिँदै आज राष्ट्रिय शोकको घोषणा गरेको हो।
सरकारले मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्ने र घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
मृत्यु भएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ ।
Comments