चीनमा बनेका टेस्लाको गाडीको बिक्रीमा भारी गिरावट, बिवाईडीको बिक्रीमा भने वृद्धि

चीनमा बनेका टेस्लाको गाडीहरुको बिक्रीमा भारी गिरावट आएको छ । सेप्टेम्बरमा अघिल्लो वर्षको तुलनामा कम्पनीले झण्डै ११ प्रतिशतले कम गाडी बिक्री गरेको छ ।

कम्पनीकाअनुसार चीनमा बनेका विद्युतीय गाडीको बिक्री सेप्टेम्बरमा १०.९ प्रतिशतले कम भइ ७४ हजार ७३ वटामा सीमित भएको छ ।

टेस्लाको बिक्रीमा कमी आइरहँदा यसको प्रतिस्पर्धी बिवाईडीको बिक्रीमा भने ४२.८ प्रतिशतको वृद्धि देखिएको छ । बिवाईडीको डायनेस्टी र ओसियन सिरिजका विद्युतीय गाडी तथा पेट्रोल र विद्युतीय दुवै रहेका हाइब्रिड गाडीहरुको वृद्धिमा ४२.८ प्रतिशतको वृद्धि भएर सेप्टेम्बरमा २ लाख ८६ हजार ९०३ वटा बिक्री भएको हो ।

Comments

Back to top