सपनामा रुनु शुभ कि अशुभ ?
स्वप्नशास्त्रका अनुसार हरेक व्यक्ति सुतिसकेपछि कुनै न कुनै प्रकारको सपना अवश्य देख्ने गर्छ ।स्वप्नशास्त्रका अनुसार सपनाको केही न केही अर्थ हुन्छ ।
सपनामा कहिलेकाँही हामी अरु कोही रोएको वा आफै रोएको देखिरहेका हुन्छौं । तर के वास्तवमा यसको अर्थ थाहा पाउनुभएको छ ? शास्त्रका अनुसार सपनामा रुनुको शुभ अथवा अशुभ अर्थ हुने गर्छ । जानौं सपनामा रुनुको अर्थ कस्तो हुन्छ ।
सपनामा आफूलाई एक्लै रोएको देख्नु
यदी तपाईंले सपनामा आफूलाई एक्लै रोएको देख्नुहुन्छ भने त्यो सपना राम्रो मानिन्छ । यस्तो सपनाको अर्थ हुन्छ तपाईंको जीवनमा कुनै ठूलो परिवर्तन आउँदैछ जसले तपाईंका लागि खुशी लिएर आउनेछ ।
सपनामा आमाबुवासँग रुनु
यदी तपाईं आफूलाई आफ्नो बुवाआमासँग रोएको देख्नुहुन्छ भने पनि यो राम्रो सपना मानिन्छ । यसको अर्थ हुन्छ तपाईंको परिवारमा कोही नयाँ सदस्य थपिने वा धनसम्पत्ती जोडिने सम्भावना हुन्छ ।
सपनामा कोही बच्चा रोएको देख्नु
यदी तपाईं सपनामा कुनै बच्चा रोइरहेको देख्नुहुन्छ भने यसको अर्थ तपाईंको जीवनमा छिट्टै कुनै समस्या आउन लागिरहेको छ । यस्तोबेला तपाईंको आर्थिक हानीनोक्सानी हुने खतरा हुन सक्छ ।
सपनामा कसैलाई रोएको देख्नु
यदी तपाईंले सपनामा कुनै पनि अन्य व्यक्ति रोएको देख्नुहुन्छ भने त्यो पनि राम्रै हुन्छ । यसको अर्थ हुन्छ लामो समयदेखि यदी तपाईं कुनै समस्यालाई लिएर तनावमा हुनुहुन्छ भने त्यसबाट छिट्टै छुट्कारा पाउनु हुनेछ ।
समग्रमा सपनामा रुनु वा कसैलाई रोएको देख्नु शुभ नै मानिन्छ । अन्य शास्त्रहरुले जे जस्तो भनेपनि स्वप्नशास्त्रले भने यस्तै कुरामा विश्वास गर्दछ ।
Comments