एकवर्षमा भारतद्वारा २२ अर्ब अमेरिकी डलरको हिरा निर्यात, २०२४ मा १५ प्रतिशतसम्म घट्ने अनुमान

भारतले एकैवर्ष २२ अर्ब अमेरिकी डलरको हिरा (कट तथा पोलिस डाइमन्ड- सीपीडी) निर्यात गरेको छ । भारतले सन् २०२३ मा २२ अर्ब ४ करोड अमेरिकी डलर बराबरको हिरा निर्यात गरेको हो ।

भारत सरकारले सन् २०२२ मा २४ अर्ब ४३ करोड अमेरिकी डलरबराबरको हिरा निर्यात गरेको थियो । सन् २०२३ मा विश्वव्यापी रुपमा हिराको मूल्य बढ्दा त्यसको प्रत्यक्ष असर निर्यातमा परेको छ ।

सन् २०२२ बाट निरन्तर घटेको हिराको निर्यात सन् २०२४ मा झनै घट्ने अनुमान गरेको छ । वार्षिक रुपमा सीपीडीको निर्यात करिब १५ प्रतिशतसम्म घट्ने अनुमान गरेको छ । भारतले आगामी वर्ष १९ अर्ब अमेरिकी डलरबराबरको मात्रै हिरा निर्यात हुने अनुमान गरेको छ ।

Comments

Back to top