संसारमा पाइने केही अनौठा खाना!

विभिन्न स्थानमा विभिन्न विशेष प्रकारका खाना खाने गरिन्छ । एउटालाई अनौठो लागेको त्यही खाना अरूलाई स्वादिष्ट लाग्न सक्छ । त्यस्तै अनाैठा लाग्ने केही खानाहरु यहाँ उल्लेख गरेका छाैँ।

१. ह्यागिस– स्कटल्यान्डमा प्रचलित यो खाना तयार पार्न भेडाको मुटु, फोक्सो र कलेजो पिँधिन्छ अनि बोसो, मसला र दलियासित मोलेर भेडाको भुँडीभित्र हालिन्छ । त्यसलाई केहीबेर उमालेर यो परिकार तयार पारिन्छ ।

२. हरियो कमिला–  खासगरी अस्ट्रेलियामा पाइने यो खाना तयार पार्नका लागि रुखबाट हरिया कमिला सोहोरेर हातले मिचिन्छ । यसको स्वाद अमिलो, पिरो हुन्छ ।

३. क्रिकेटस– किराफट्याङ्ग्राबाट तयार पारिने यो खाना दक्षिणपूर्वी थाइल्यान्डमा पाइन्छ । मकै जस्तै चपाउन मिल्ने यो खाना नुनसित स्वादिलो हुन्छ ।

४. शङ्खेकिराको परिकार– फ्रान्सका अधिकांश रेस्टुराँको मेनुमा शङ्खेकिराको परिकार उल्लेख गरिएको हुन्छ । फ्रान्समा प्रत्येक वर्ष १६ हजार टन शङ्खेकिरा उपभोग गरिने अनुमान छ । घिउमा लसुन हालेर फ्राई गरेको शङ्खेकिरा त्यहाँ स्वाद लिएर खाइन्छ ।

५. जेलिफिस– खासगरी चीन, जापान र थाइल्यान्डमा चाउचाउ र सलादमा हालेर जेलिफिस खाने चलन छ ।

६. सर्पको रगत र सर्पको ह्विस्की– भियतनाम, लाओस र थाइल्यान्डमा सर्पको रगत र ह्विस्की पिउने चलन छ ।

७. कोरिया प्रायद्वीपमा अक्टोपस काटेर खाने अनौठो चलन छ, जसलाई सन्नकजी भनिन्छ ।

Comments

Back to top