श्रीलंकाको केन्द्रीय बैंकको निक्षेप र कर्जाको ब्याजदर घटाउने निर्णय

श्रीलंकाको केन्द्रीय बैंकले स्थायी सुविधाअन्तर्गतको ब्याजदर घटाएको छ । केन्द्रीय बैंकको मौद्रिक बोर्डले स्थायी सुविधाअन्तर्गतको निक्षेप र कर्जाको ब्याजदर घटाउने निर्णय गरेको हो । बिहीबार विज्ञप्तिमार्फत निक्षेप सुविधा र कर्जा सुविधाको ब्याजदर एक सय आधार विन्दुमा क्रमशः १० र ११ प्रतिशतले घटाएको जनाएको छ ।

खाद्य तथा गैरखाद्य दुवै मुद्रास्फीतिमा भएको गिरावटका कारण मुद्रास्फीतिको वार्षिक आधारमा कोलम्बो उपभोक्ता मूल्य सूचकांक सेप्टेम्बर महिनामा लक्ष्यभन्दा कम एक दशमलव तीन प्रतिशतले झरेको केन्द्रीय बैंकले जनाएको छ ।

श्रीलंकाले बढ्दो मुद्रास्फीतिको सामना गर्न सन् २०२२ मा उसको ब्याजदरलाई उल्लेखनीयरूपमा बढाएको थियो । सन् २०२३ मा उक्त ब्याजदरलाई दुई पटक घटाइएको छ ।

Comments

Back to top