गर्भमा छँदा के गर्छन् शिशुहरू?
९ महिनापछि आकर्षक रुपमा जन्मिनुअघि आमाको कोखमा रहेको बच्चा कुन अवस्थमा कसरी बसेको हुन्छ भन्ने विषयमा सबैलाई खुलदुली हुन सक्छ।
कोखमा रहेको शिशु केवल त्यहाँ बस्ने र समयक्रमअनुसार वृद्धि भएको हुन्छ भन्ने धेरैको मनमा रहेको छ। तर यतिमै मात्र सिमित हुदैन उनीहरुको ९ महिने चक्र। पेटभित्रको भ्रुण आफैंमा एउटा रहस्य हो जसलाई चिकित्सकले खासै खुलासा गर्दैनन्।
रुन्छन्ः आमाको कोखभित्र रहेका बच्चा रुन्छन् भन्दा तपाईलाई साहै दुःख लाग्छ होला। तर सत्य यो हो की उनीहरु बारम्बार सुस्तरी रुन्छन्। तर अन्य जन्मिसकेको बालबालिका जस्तो चिच्चाएर भने होइन।
गर्भवती महिलाको तेस्रो त्रैमासिकमा लिइएको डिजिटल अल्ट्रासाउन्डमा कोखभित्रको बच्चाले मुख खोलेको, आँशु चुहाएको, ओठ कमाएको र बिस्तारै मुठी पारेर रोएको संकेत देखिन्छ। तापनि यसलाई भावनात्मक रुपमा उथलपुथलभन्दा पनि शिशुको नियमित विकासको प्रक्रियालाई लिइन्छ।
उनीहरुले स्मरण गर्छन्ः युनिर्भसिटी अफ हेल्सिन्कीको एक अध्ययनअनुसार कोखभित्र कुनै विशेष गीत वा लयमा आफ्नो दिमाग चलाउने बच्चा जन्मेपछि पनि चलाख र बढी स्मरण शक्ति भएका हुन्छन्।
स्वाद थाहा पाउछन्ः पेडियाट्रिकमा प्रकाशित एक अध्ययनअनुसार तेस्रो त्रैमासिक अवधिमा पर्याप्त गाँजर खाने आमाहरुको शिशु जन्मेपछि सागपात खान बढी रुचाउछन्। अवश्य पनि शिशुले कोखमा बसेर खाना खाँदैन तर गर्भवती आमाले खाएको खानेकुराको तरल पर्दाथबाट उनीहरु बाँचेका हुन्छन्। र, यसको स्वाद पनि उनीहरुले थाहा पाउछन्। विशेष गरी झोलिलो र फलफुलको स्वाद शिशुले थाहा पाउछन्।
उनीहरुले सुन्छन्ः कोखमा रहेका शिशु सुन्ने पनि गर्छन्। त्यही भएर गर्भवती महिलाले राम्रो श्लोक वाचन गराउने परम्परा पनि नेपाली समाजमा छ। युनिभर्सिटी अफ फ्लोरिडाको एक अध्ययनअनुसार आमाहरुले विशेष प्रकारको लय वाचन गर्दा भ्रुणको मुटुको गति घट्छ। अन्य मानिसहरुले चर्को आवाजमा गीत गाउँदा वा श्लोक वाचन गर्दा पनि शिशुहरुले सुन्नसक्ने बताइन्छ।
तनावप्रति प्रतिकृया जनाउछन्ः गर्भवती महिलालाई तनाव भयो भने कोखको भ्रुणले पनि यसप्रति प्रतिकृया जनाउने गर्छन्। त्यही भएर गर्भावस्थमा आमाहरुलाई शान्त र आनन्द हुन अनुरोध गरिन्छ। ल्यानकास्टर र डुरहाम विश्वविद्यायलले गरेका दुई भिन्दाभिन्दै अध्ययनमा गर्भवती आमा आवेगमा आउँदा शिशुहरु पनि उत्तेजित हुने र आफ्नो अनुहार देब्रे हातले ढाक्ने गर्छन्। तसर्थ नयाँ जीवनलाई खुसी र आनन्दित बनाउन आनन्दसँग स्वास लिनुहोस र सदैव खुसी बन्नुहोस्।
उनीहरुले अभिव्यक्त पनि गर्छन्ः डुरहाम र ल्यानकास्टर विश्वविद्यालयले गरेको अध्ययनअनुसार २४ हप्ता पूरा भएका शिशुले ङिच्च हास्ने र ३६ हप्ता पूरा भएपछि आँखीभौँ उचाल्ने गर्छन्।
Comments