इजिप्ट र यूएईबीच मुद्रा आदानप्रदान सम्झौता
इजिप्ट र संयुक्त अरब इमिरेट्स (युएई)बीच मुद्रा आदानप्रदानसम्बन्धी सम्झौता भएको छ । दुई देशका केन्द्रीय बैंकहरुले मुद्रा आदानप्रदान गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
केन्द्रीय बैंकहरु ४२ अर्ब इजिप्टियन पाउन्ड र पाँच अर्ब यूएई दिरामको नाम मूल्यमा साटासाट गर्न सहमत भएका हुन् । यो समझौताले दुई देशबीचको संयुक्त आर्थिक सहयोगको आधारशीला तयार हुने र सम्बन्ध सुदृढ हुने विश्वास लिइएको छ ।
Comments