इन्डोनेसियाले सुरु गर्‍यो दक्षिणपूर्वी एसियाको पहिलो बुलेट ट्रेन

इन्डोनेसियाले आइतबार दक्षिणपूर्वी एसियाको पहिलो बुलेट ट्रेन सुरु गरेको छ ।

उच्च गतिको सो रेल सेवा लाइनले देशका दुई ठूला शहरहरूलाई जोड्नेछ।

चीनको बेल्ट एण्ड रोड इन्फ्रास्ट्रक्चर पहलको एक हिस्सा र ठूलो मात्रामा चिनियाँ राज्य स्वामित्वका फर्महरूद्वारा वित्त पोषित ७.८ बिलियन डलरको परियोजनामार्फत यो बुलेट ट्रेन सेवा सुरू भएको हो । निर्माणमा भएको ढिलाइ र अवरोधहरूको श्रृंखला पछि आइतबार जनताका लागि सो सेवा खोलिएको हो।

सो ट्रेनले राजधानी जकार्ता र इन्डोनेसियाको दोस्रो ठूलो सहर र प्रमुख कला र संस्कृति केन्द्रको रूपमा रहेको पश्चिम जाभाको बान्डुङ्गको बीचमा यात्रा गर्नेछ।

प्रतिघन्टा १३८ किलोमिटरको उच्च गतिको उक्त रेल लाइन आधिकारिक रूपमा हुउवज नाम दिइएको छ, जसलाई इन्डोनेसियामा समय बचत, उच्तम सञ्चालन, भरपर्दो प्रणाली मानिएको छ । जो कुनै प्रत्यक्ष कार्बन उत्सर्जन बिना बिजुलीमा चल्छ र २१७ माइल गतिमा यात्रा गर्दछ। जसका कारण जाकार्ता र बांडुङ्ग बीचको यात्रा समय तीन घण्टाबाट एक घण्टा भन्दा कममा घटाउन सफल भएको अधिकारीहरूले जनाएका छन्।

Comments

Back to top