क्याथे प्यासिफिकले एयरबसबाट बत्तीसवटा विमान किन्दै

हङकङको हवाई सेवा प्रदायक कम्पनी क्याथे प्यासिफिकले विमान निर्माता कम्पनी एयरबसबाट ३२ वटा ए ३२ निओ विमान खरिद गर्ने भएको छ । क्याथे प्यासिफिकले चीन र एसियाली क्षेत्रमा सेवा विस्तारका लागि थप विमान खरिद गर्न लागेको हो ।

विमान खरिद गर्न भएको व्यावसायिक कारोबारको वास्तविक विवरण सार्वजनिक गरिएको छैन तर ती विमानको हालको बजार मूल्यका आधारमा तीन अर्ब २० करोड देखि चार अर्ब १० करोड अमेरिकी डलरसम्ममा सम्झौता भएको अनुमान गरिएको छ ।

एयरबसले आफ्ना सिङ्गल–आइल ए ३२  विमान इन्धन खपतका आधारमा बोइङ कम्पनीका विमानभन्दा उत्कृष्ट रहेको दाबी गर्दै आएको छ । बोइङका ७३७ म्याक्स जहाजभन्दा ए ३२  विमान कम इन्धन खपत गर्ने एयरबसको दाबी छ ।

Comments

Back to top