दील्लीले ल्यायो देशकै पहिलो हरित हाइड्रोजन फ्यूल सेल बस सञ्चालनमा
भारतले हाइड्रोजनबाट चल्ने बस सञ्चालनमा ल्याएको छ ।
दिल्लीमा देशकै पहिलो हरित हाइड्रोजन फ्यूल सेल बस सञ्चालनमा आएको हो ।
भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रीले बस सेवाको उद्घाटन गरेका छन् ।
फ्यूल सेलले हाइड्रोजन र हावाको प्रयोग गरेर बस चलाउन बिजुली उत्पादन गर्छ ।
डिजेल र पेट्रोलबाट चल्ने परम्परागत बसहरूको तुलनामा यो पर्यावरण अनुकूल हुने विश्वास रहेको छ ।
यस वर्षको अन्त्य सम्ममा दिल्लीमा १५ वटा बस सञ्चालन हुने अपेक्षा गरिएको छ ।
Comments