अमेरिकामा ब्याजदर बढेसँगै डलर सूचकाङ्क १०६.२ विन्दुमा

अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउँदै लगेपछि अन्तर्राष्ट्रिय बजारमा डलर थप मजबुद बन्दै गएको छ । मंगलबार डलर सूचकाङ्कको मूल्य १० महिनायताकै उच्च विन्दुमा पुगेको छ । ब्याजदरमा भएको उच्च वृद्धिले डलर सूचकाङ्क एक सय छ दशमलव दुई विन्दुमा पुगेको थियो । जुन सन् २०२२ नोभेम्बरपछिको सबैभन्दा उच्च हो ।

गतवर्ष नोभेम्बरमा डलर सूचकाङ्क एक सय पाँच दशमलव ९५ विन्दुमा थियो । अमेरिकी केन्द्रीय बैंकले मुद्रास्फीति दर बढ्दै गएपछि ब्याजदर बढाएर नियन्त्रण गर्न खोजिरहेको छ । यही कारण डलर सूचकाङक बढ्दै गएको अर्थशास्त्रीहरूले टिप्पणी गरेका छन् ।

 

Comments

Back to top